Categories: Discourse

उत्तरउत्तरआधुनिकता र नयाँ पुस्ताको शिक्षक

– एकप्रसाद दुवाडी
म अहिले आफ्नो अफिसमा बसेर दिउँसो पढाउने विषयमा पावर पोइन्ट तयार पार्न दर्जनौ साइट भित्र फिलिलि कुद्‍दै छु, एकदुइटा किताब पनि छन् अगाडि। यस अलावा जिमेलमा पत्र बुझ्ने, फेसबुकमा सन्देश थप्ने, ट्वीटरमा ट्वीट गर्ने काम पनि सँगै जाँदो छ । म विदेशमा बसेका साथीहरू मात्र नभएर गाउँघरका भाइबहिनीहरुसँग पनि निरन्तर सम्पर्कमा छु। यही बेला कानफोन घुसाएर नविन गीत संगीत पनि सुन्दैछु । हाम्रो ब्यवसायिक संजालको समूह र विश्‍वका प्रमुख अरु संस्थाहरूमा के हुँदैछन् त्यो पनि चियाउँदै छु भने फोरसेयर्ड र टरेन्टमा कुनै नयाँ इ–किताब थपिए कि भनी बेलाबेलामा नियाल्दै पनि छु । एकछिनपछि बिद्यार्थीले ब्लग गरेका प्रोजेक्ट जाँच्नु पर्ने छ । भरे घरमा केहीबेर टिभीमा झुन्डिने योजना भएपनि धेरै काम गर्नुछ कम्प्युटरमै ।
उत्तरआधुनिकतामा मानिसले पढे, हेरे, सुने पहिले जस्तै । तर उत्तरउत्तरआधुनिकताका मानिस फोन गर्छन्, बटन थिच्छन्, इन्टरनेट चलाउँछन्, आवस्यक कुरा रोज्छन्, सार्छन् अनि डाउनलोड गर्छन् । सन १९८० र त्यसपछि जन्मिएका मानिसबिच पुस्तान्तर गहिरिएिको छ । पछिल्लो पुस्ताले आफ्ना समकक्षीहरु बढी स्वतन्त्र, निर्भीक र सिर्जनशील ठान्छन् २१ औ शताब्दीमा, त्यसकारण यो समय भनेको बौद्धिकता, सिर्जना र शक्तिको युग हो । जबकि उत्तरआधुनिक पुस्ताले यिनीहरूलाई ब्रोइलर कुखुरा सिवाय केही होइन भन्छन् ।
उत्तरआधुनिकता व्यापक अर्थ बोक्ने दर्शन भए पनि यसलाई सजिलो गरेर यसरी बुझ्न सकिन्छ कि यसले ज्ञान र अर्थलाई सीमाबद्ध गर्न नसकिने कुरामा जोड दिन्छ । तर एलन कर्बी (सन २००६) र उनका समकक्षी उत्तरआधुनिकताको मृत्यु भैसकेको दावी गर्छन् । उत्तरआधनिकताको आयु सकिएर अर्को दर्शन उदाएको तथ्य सांचो हो । आजका मानिस उत्तरआधुनिताले अत्याधिक विकृति ल्याएकोले यसलाई छाडेर विस्तारै आलोचनात्मक सत्यतिर आकर्षित भएका छन् अनि सूचनाप्रविधिले यसलाई मलजल गरेको छ ।
उसोभए उत्तरउत्तरआधुनिकता के हो त ? मलाई यो लाग्छ कि उत्तरउत्तरआधुनिकता थोरै परिवर्तित सांस्कृतिक फेसन मात्र नभएर अरु धेरै हो । तुरुन्त सदाका लागि जुन रूपमा शक्ति, ज्ञान, आफ्नोपन, सत्यता र समयलाई बुझिने भन्दा फरक तबरले अर्थ्याउन थालिएको छ । आजका शिक्षक र विद्यार्थीमा पाइने फरक यही हो – उत्तरउत्तरआधुनिकता र उत्तरआधुनिकता बिचको खाडल । वास्तबमा उत्तरउत्तरआधुनिकताले आधुनिकताको अपरिहार्यतालाई थुन्‍न सकेन – सन २००० को सुरूतिरदेखि नयाँ प्रविधिहरूका उदयले पुनर्संरचना गरिदियो लेखक पाठक र पाठ्यसामाग्रीको संबन्धलाई ।
उत्तरआधुनिकताले आधुनिक र स्वछन्दतावादले जस्तै लेखकहरूलाई नै महत्व दिई केन्द्रमा राख्यो । केहीले आफूलाई महत्व नदिएको जस्तो गरी कृति लेखेपछि लेखकको मृत्यु हुन्छ भन्‍ने अभिनय गर्दैरहे । तर आजको नयाँ संस्कृतिले पूर्ण वा आंसिकरूपमा पाठकलाई नै शक्ति दिएको प्रतित हुन्छ– गुगल किताब अनि अन्य नि:शुल्क साइटहरु जसले बिनापैसा किताब डाउनलोड गर्न दिन्छन् ।  कसैकसैले यसलाई नराम्रो भने पनि अरुको विचारमा प्रजातान्त्रिक बिँडो हो यो ।
उत्तरआधुनिकता ताका गुगल वा स्काइपको कल्पना भएको थिएन । गरीब देशका नागरिकका हातहातमा पनि मोबाइल पुग्ने कल्पना थिएन । अहिलेको पुस्ताले पुराना ब्रिटीश कथा–उपन्यासाका किताब नपढेर भर्खरै बजारमा आएका रोज्छन् – कतिसम्म भने जे के रोलिङ पनि पुरानो भइन् । अनि एचबिओ र स्टारमुभिजमा आउने फिल्मका साथै डिभिडीमा २१ औँ शताब्दीका फिल्म हेर्छन् । मिटिङ सेमिनारमा जान्छन् तर डेरिडा, फुकु, बौड्रिलार्द आदिका दर्शन घोक्दैनन् ।
नेपालमा ठूला अग्ला विद्यालय भवन बनाउने प्रतिस्पर्धा चल्दै गर्दा अमेरिकामा भने गाउँतिरको एकान्त ठाउँमा पारदर्शी पर्खालले छुट्याइएका टहरा उपयुक्त हुने ठानेर २१ औँ शताब्दीका स्कूल बन्दैछन् । जतिसुकै ब्यबहारिक वातावरणको रटान गरे पनि देशविदेशमा विद्यार्थीका गुणभन्दा मार्कलाई नै प्राथमिकता दिइन्छ । नेपालकै कुरा गर्दा पनि हिजोआज चरम विभाजन र द्धन्द्ध नभई शान्तिको कामना गरिन्छ, युनियनले ध्वस्त भएका संस्थामा हस्तक्षेपको कामना गरिन्छ । अधिकार लिने मात्र होइन आफ्नो कर्तव्य पालना गनुपर्ने राय दिइन्छ । फरक धारका राजनितिज्ञले पनि समान बिन्दुहरु पहिचान गरी सहमति गरून् भन्‍ने चाहन्छन् । कोटपाइन्ट र टोपी लगाइन्छ, नौमतीलाई  भन्दा ब्याण्ड बाजालाई महत्व दिइन्छ । महीको सट्टा कोक  नै प्यारो लाग्नु अनि संघीयतामा जाँदा (परिधिलाई मजबुत पार्दा) केन्द्र कमजोर हुन नहुने कुरा उठ्नु, सिकारु केन्द्रित पठनपाठन गर्दा समेत शिक्षकको भूमिका पनि प्रबल खोजिनु मात्र होइन उदार संविधान र नीति नियमहरुमा समेत लक्ष्मणरेखा कोरिनुले उत्तरआधुनिकता खोटो सिक्‍का भैसकेको प्रतित हुन्‍न र ?
उत्तरआधुनिकताका पिता लायोटार्डले महाआख्यानको अन्त्य देखेका थिए भने  २१ औ शताब्दीका उत्तरउत्तरआधुनिकताका दार्शनिकहरू विश्व भूमण्डलीयकरण वित्त बजारले घेरेको समाजको उदय भएको ठान्छन् जहाँ विविधता साँघुरिदै जाँदैछ । दश जोड दुई नपढी ए लेभल, नेपालका सट्टा अमरेकी, बेलायती वा अष्ट्रेलियन विश्वविद्यालय रोजाईमा पर्नु यसैको उदारण होइन र ? आधुनिकतावाद कालमा जस्तो लगाव, र उत्तरआधुनिक समयको अहंपनाभन्दा फरक उत्तरउत्तरआधुनिकताले विस्तारै मानसिक रूपमा विमार पार्ने लत बसालेकै छ धेरथोर । आफैँ उपन्यास, आफैँ उपन्यासकार । कोही छ त मात्र प्रविधि– नयाँ प्रविधि ।
धेरै विद्धानहरु उत्तरआधुनिकता मरेर गयो भन्छन् । यसको ठाउँमा नयाँ ज्ञान र यसको सामर्थ्य एवं प्रविधिले तथा वर्तमान सामाजिक तत्वहरूकाकारण नयाँ वाद विचरण गर्दै गरेको ठम्याइ छ उनीहरूको । यता नेपालमा भर्खर उत्तरआधुनिकता विचरण गर्न थालेकोमा नेपालीका मात्र नभएर अंग्रेजीका गुरूहरु समेत भावाविभोर हुने क्रम यथावत छ, ‘बल्ल नेपालमा उत्तरआधुनिकताको घाम उदायो, यसको छत्रछायाँले शैक्षिक सामाजिक सबै क्षेत्रलाई चहकिलो पार्नेछ‘ । ऐँठन भएको बेलामा कोल्टे फेरेर सुत्‍नु नै विनिर्माण हो भन्‍नेहरू र अबचाहिँ पुननिर्माण हुनथाल्यो जस्तो छ भनेर लख काट्ने म बीच उत्तरआधुनिकताको युग सकिएर अर्को समय आइसकेको दलील पेश गर्दा  लामो वाकयुद्ध नै चल्यो केही महिनासम्म । उहाँहरू उत्तरआधुनिकता भर्खर उदाएको देख्‍ने, मचाहिँ अस्ताइसकेको प्रमाणित गर्न कस्सिएको थिएँ ।
जित कसको भयो त भन्‍ने कुराभन्दा पनि नौलौ विचरणका बारेमा बृहत बहस हुनु मत्वपूर्ण थियो । सहमति यस कुरामा रह्यो कि कुनै नयाँ वाद भित्रदैमा पुराना दर्शन सम्पूर्णरूपले निष्प्रभावित हुनसक्दैनन् । हामीले प्रत्येक दर्शनका राम्रा पक्षबाट भरपुर फाइदा लिनुपर्छ ।
[अन्नपूर्ण पोष्‍ट दैनिकमा प्रकाशित लेख]

Recent Posts

An Open Letter to My Grade IX Students

- Himal KC Dear students, Today, I am writing to express my joy, satisfaction, and… Read More

4 years ago

Making Students Work Smart: My Signature Pedagogy

-  Anouska Poudel In my one year of teaching English literature to children in grade… Read More

4 years ago

How I Developed My Signature Pedagogy

- Ramita Deuja I was really fascinated when I heard the phrase 'my signature pedagogy'… Read More

4 years ago

Two Different Critiques

This post presents two pieces of critical reading of a single text, a short unpublished… Read More

4 years ago

My Learning Experiences at KUSOED

- Khem Raj Bhatta Excellent counseling services, quick and responsive staff, and dedicated and cooperative… Read More

4 years ago

The So-Called First Batch Tag

- Indira Fuyal Reminiscing about the day I went to Kathmandu University in August 2014… Read More

6 years ago

This website uses cookies.