April 10, 2021

Interdisciplinary Discourse

Forum for KU Academics

महाकाव्य सम्बन्धी पाश्‍चात्य परिभाषा



– रामचन्द्र पौडेल

पश्चिममा काव्यलाई बुझाउन पोएम (poem), पोएट्री (poetry), भर्सेज (verses), पोयसी (poesy) शब्दहरू प्रचलित रहेका छन्। परम्परागत मान्यता अनुसार महकाव्य न्याराटिभ (narrative) न्‍ने बुझिन्छ। यसरी हेर्दा न्याराटिभ (narrative) को अर्थ कथात्मक हुन्छ । खास गरी महाकाव्यलाई बुझाउन लङ्गर न्याराटिभ भर्सेज (longer narrative verses) शब्दको प्रयोग गरेको पाइन्छ। पाश्चात्य साहित्यको फाँटमा दीर्घतर कवितालाई दीर्घतर आख्यानात्मक कवितालाई महाकाव्य भनिन्छ।

यसै सन्दर्भमा प्रा. कृष्ण गौतमले पाश्‍चात्य महाकाव्य भत्रे ग्रन्थमा महाकाव्य सिद्धान्त र परिषाका  बारेमा लामो चर्चा गरेका छन्। त्यसलाई यहाँ उद्धृत् गर्नु उपयुक्त हुन जान्छ।

महाकाव्यको उत्पत्ति वीरहरूका कृत्यको अभिनन्दनबाट भएको हो। पश्मिमा त्रासदीको उत्पत्ति धार्मिक विधानबाट भएको मानिन्छ। अतीतमा केही महाकाव्य देवताको वंशसित पनि सम्बन्ध राख्छन् तापनि धेरैजसो प्रसिद्ध महाकाव्य अतिमानवीय वीरको गौरवगानकै निम्ति लेखिएका छन्। महाकाव्य देवता, मानव र दानवको समष्टिमा नै आफ्नो आफ्नै भाषामा महाकाव्य पाउन थाले तब ती महाकाव्यका रूप र विषयमा केही परिवर्तन त आयो किन्तु तिनीहरू ग्रीकोरोमन छायाबाट अलग हुन सकेका थिएनन्। पश्चिमी महाकाव्यको विकास ग्रीक र रोमन सँस्कृतिकै छायामा भएको हो।

नेपालीमा भनिदैँ आएको महाकाव्यलाई पश्‍चिममा एपिक (epic) भनिन्छ, जसको अर्थ ग्रीकमा बोली, शब्द, गीत (स्पीच, बर्ड, ङ्‍ग) आदि हुन्छ। यो भव्य शैलीमा गरिमामय विषय र गम्भीर पात्रहरू राखेर उदात्त प्रयोजनको सिद्धिका निम्ति तयार गरिने लामो वर्णनात्मक कविता हो। तलका परिभाषाबाट यो कुरा अझ छर्लङ्ग हुन्छ:
१.    भव्य र सौजन्यपूर्ण शैलीमा एक वा अनेक कथात्मक नायकका ठूला कामको अभिनन्दन गर्ने लामो वर्णनात्मक कविता महाकाव्य हो (क्रिस बाल्डिक, दि कन्साइज अक्सफोर्ड डिक्सनरी अफ लिटरेरी टर्मस, पृ.७०)। यसरी महाकाव्यलाई नायकले गरेका महान् कार्यको अभिनन्दन गर्ने कार्यको रूपमा लिइएको पाइन्छ ।

२.    उच्च शैलीमा अतिमानवीय पात्रहरू राखेर लेखिने लामो वर्णनात्मक कविता महाकाव्य हो (मार्टिन ग्रे, ए डिक्सनरी अफ लिटरेरी टर्मस, पृ.१०३)। यो परिभाषाबाट के बुझ्न सकिन्छ भने महाकाव्यमा अतिमानवीय पात्रको चयन गरिन्छ भने त्यो वर्णनात्मक शैलीमा लेखिन्छ ।

३.    गरिमा र महत्वले युक्त खास गरी युद्ध जस्तो विषको निरुपण गर्ने लामो वर्णनात्मक कविता महाकाव्य हो (बाबरा, फ्रम भर्जिल टु मिल्टन, पृ.१)पश्‍चिममा कविताको व्यक्तिपरक रूपलाई गेयवर्गमा र वस्तुपरक रूपलाई प्रबन्ध, कथात्मक वा वर्णनात्मक वर्गमा राख्ने चलन छ । यस वर्गको कविता कतैकतै लामो कविता भत्रे नामले पनि अहित हुन्छ । प्रबन्धात्मक कृति त्यो हो जसमा कुनै कथा हुन्छ र त्यसको वर्णन गरिएको हुन्छ । लामो  कविता कथात्मक हुन र नहुन पनि सक्छ । जसमा कथा छैन त्यसको बनोट कोलाजको रूमा हुन सक्छ । प्रबन्धकाव्यका वीर कविता (हिरोइक पोइट्री), लोकगाथा (ब्यालेड) रोमांश तथा अन्य भेदहरू हुन्छन् ।

लोकगाथा: वीर कविता वा महाकाव्य जटिल हुन्छ, लोकगाथा अपेक्षाकृत सरल हुन्छ । आर जे रीजको भनाइ छ कि यी शान्त गाउँमा जन्मेका दुई दिदीबहिनी जस्तै छन् तर एउटी (लोकगाथा) आफ्नो प्राकृतिक सरलताको सौन्दर्य राखेर गाउँमै बसेकी छ, अर्की (महाकाव्य) खर्चिला परिधानका निम्ति चलाखी र पैसा खोज्दै शहर पसेकी छ भने लोकगाथा वर्णनात्मक कविता हो । प्रेम, साहस तथा करुणाका, बोक्सी जादू, अन्धविश्वास तथा भूत आदिका विषय यसमा आउँछन् । बेलायतमा रविन हूडका ब्यालेडहरू खूब परिचित छन् । राजा आर्थर झैँ जनप्रिय यिनी शायद ऐतिहासिक नै थिए र बाह्रौँ शताब्दीमा बाँचेका थिए। यिनको सम्बन्धका ब्यालेडहरू कम त्रासद र ज्यादा हास्यप्रद छन् । जसरी मौखिक महाकाव्यबाट साहित्यिक महाकाव्यको विकास हुन्छ त्यसै गरी मौखिक ब्यालेडबाट साहित्यिक ब्यालेड विकसित हुन्छ । नेपालमा पश्चिमतिर घमारी, ढुस्को, भैनी, फाग चैत आदि लोकगाथा प्रचलित छन् ।

रोमांश:
रोमांस भन्‍नाले गद्य वा पद्यमा लिखित मध्यकालीन आख्यानको बोध हुन्छ । रोमांसको उत्पत्ति फ्रान्समा बाह्रौँ शताब्दीमा भयो। पद्यको स्थान क्रमशः गद्यले लिंदै गयो । वीर महाकाव्य (हिरोइक एपिक) युद्धमा केन्द्रित हुन्छ तर रोमांसमा दरबारिया बहादुरीको चित्रण हुन्छ । शूर (नाइट) हरूका खोज, खेल, जादू, प्रतिस्पर्धा, राक्षस, अजिंगर, बाउन्‍ने, राम्री युवती आदिसित गाँसिएका विषय यसमा आउँछन्। बेलायती आर्थरसम्बन्धी, फ्रेन्च शार्लिमनरोलाँसम्बन्धी तथा क्लासिक अलेग्जेण्डरहरूसम्बन्धी सामग्रीको उपयोग रोमांसमा हुन्छ । बाह्रौँ शताब्दीका फ्रेन्च कवि क्रेशन डि ट्रोयेस रोमांस कृतिहरू प्रभावकारी छन् । आनुप्रासिक पद्यमा लिखित चौधौँ शताब्दीको‘‘सर गवेन एण्ड दि ग्रीन नाइट’’ र गद्यमा लिखित सिडनीको ‘‘आर्केडिया’’ टमस मेलोरीको ‘‘मर्ट डि आर्थर’’ रोमांस हुन् । इटालियन अरियोस्टोको ‘‘ओल्र्याण्डो फ्यूरियोसो’’ स्पेन्सरको ‘‘फ्रेयरी क्वीन’’ रोमांश हुन् र टेनिसनको ‘‘आइडिल्स अफ दि किंग’’ शास्त्रीयता र रोमांशको मिस्कट हो । सर्भेण्टिसद्वारा लिखित उपहास रोमांस (मक रोमांस) ‘‘डन क्विक्सट’’ १६०५) आएपछि यसले पुरानो ढंगको दरबारी रोमांसलाई कमजोर पा¥यो । पछिका गद्यरोमांस याथार्थिक, सामाजिक निरिक्षणमाभन्दा रूपक र मनोवैज्ञानिक खोजमा जोड दिन्छन् । आजका वैज्ञानिक आख्यान सामान्यत:  रोमांस नै हुन्।  वर्णनात्मक वा वस्तुपरक कविताका अन्य रूप पनि हुन सक्छन् जसमा कुनै कथाको वर्णन हुन्छ । जियोफ्री चसर (१३४०१४००) को क्याण्टबरी टेल्स वर्णनात्मक कविताको आकार नै हो । चसरमा हास्य, यथार्थ, दार्शनिक सूक्ष्मता र कविताको अपूर्व मेल  छ । वस्तुपरक कविताको अर्को रूप नाटकीय कविता पनि हो,जस्तो टेनिसनको ‘‘युलिसिस’’१८४२) इलियटको ‘‘दि लभ संग अफ जे अल्फ्रेड’’ आदि ।

महाकाव्यः
वीर कविता भन्नाले यहाँ त्यस्ता काव्यकृतिको बोध हुन्छ, जो लामा र गम्भीर हुनाले छोटा वीर कविताभन्दा फरक छन् र महाकाव्यको श्रेणीमा पर्छन् । ‘‘इलियड’’, ‘‘बेउल्फ’’, ‘‘सँग अफ रोलाँ’’ यसै प्रकारका काव्य हुन् । यस्ता सादा, मौखिक, लोकप्रचलित विकसनशील वीर कविता वा महाकाव्यको युगपश्चात् लिखित, साहित्यिक वा कलातक महाकाव्यहरू आए, जुनकिसिमका कृति अहिलेसम्म निर्मित हुँदै छन् ।  महाकाव्यको शुरुवात वीर भावनामा भयो । यसैले आरमभका मौखिक महाकाव्यहरू वीर कविताको नामले पनि अभिहित हुन्छन् । वीर भावना गौण भएका, प्रकारान्तरित भएका वा हुँदै नभएका लामा, वर्णनात्मक कविता पनि महाकाव्यको संज्ञा भिरेर देखापर्दै आएका छन् । वस्तुत यस विधाको केन्द्र वीरभाव हो र अन्य भाव यसका सहायक हुन् ।

कविताको एक वृहत् भेदको रूपमा महाकाव्यको छुट्टै अस्तित्व छ तापनि लोकगाथामा र रोमांस तथा अन्य किसिमका विधाहरूसँग पनि यसको कतै टाढा र कतै नजिकको सम्बन्ध छ । गीतिजस्तो नितान्त वैयत्तिक विधासित गेय स्तरमा यसको सुसम्बन्ध छ। मौखिक महाकाव्यका कविताहरू गाउनका लागि र सुत्रका लागि सिर्जित हुन्थे न कि लेखनका लागि र पढ्नका लागि । कतिपय रोमांसकृतिहरू महाकाव्यकै अभियानले भुषित छन्, जस्तो वायर्डो, अरियोष्टोका ठूला कविता ।  पद्यसित मात्र त के, गद्यसित पनि यसको निकटता छ । निकटतामात्र छैन कि केही इतिहासविषयक कृति र औपन्यसिक कृतिहरू महाकाव्यको गरिमा राख्छन् ।

(महाकाव्य सम्वन्धी पूर्वीय परिभाषा अघिल्लो अङ्‍कमा प्रकाशित छ।)


(अन्त्यारम्भ महाकाव्यको कृतिपरक अध्ययन शीर्षकको शोधपत्रको अंश)
Share on Social Media