जीवनको विश्वविद्यालयकी कर्मठ अम्बिका थापा

– दामोदर घिमिरे

कुनै जमाना यस्तो थियो जागीर भन्ने वित्तिकै सरकारी अनि धनि हुनको लागि धानको भकारीको अतिरिक्त जग्गा जमिन र गोठभरी गाइवस्तु हुनु पर्दथ्यो । हाम्रो सामाजिक परिवेश अनि जीन्दगीका भोगाईहरु प्रत्येक मानव, जात धर्म र भौगोलिक वनावट तथा रीतिरिवाज अनुसार फरक हुनु स्वभाविकै हो । परम्परागत सोच विचार र प्रविधीको बदलामा आधुनिक शिप, ज्ञान र उत्पादनले स्थान लिएको तपाई हामी सवैले देख्दै अनि भोग्दै आइरहेका छौं । विश्व भुमण्डलीकरण भनौ वा समयको परिवर्तनले अहिलेको समयमा धनि हुन अन्नपात गाईगोरु वा खेतीपाती होइन की कुन विषय वा क्षेत्रमा दक्षता हासिल गरेको अनि के के काम गर्न आउ‘छ ? भनेर मापन गर्न थालिएको छ ।
हाम्रो समाजमा कोहि साधारण औषधोपचार, शिक्षा र रोजगार नपाईरहेका छन भने नेताहरु विदेशको महंगो उपचार तथा उत्पादन र शिक्षाको नाममा अरवौं खर्च गरिरहेका छन । एकै घरका ५÷७ जना छोराछोरी मध्ये कोहि पढ्नमा तीक्ष्ण हुन्छन त कोहि वाद्यवादन र व्यवसायमा अव्बल ठहरिन्छन भने कत्तिले अबसर पाएर पनि त्यसको उचित उपयोग गर्दैनन भने केहिले सानो अवसरमा पनि ठुलो उपलव्धि हासिल गरिरहेका हुन्छन । यस लेखमा काभे्रको धुलिखेलमा जन्मिएर आफ्नो क्षमताले भ्याएसम्मको संघर्ष गर्देै आफु, आफ्नो परिवार र समाजको विकासमा कर्मको माध्यमवाट उदाहरणीय बन्न सफल अम्विका थापाका वारेमा केहि जानकारी दिन लागिएको छ।

वि.स.२०३६ श्रावण २९ गते पिता हरिशरण र माता शकुन्तला थापाका २ छोरी र २ छोरामध्य जेठी छोरीको रुपमा काभे्र जिल्लाको धुलिखेल ७ मा जन्मनु भएकी अम्विका थापाको राशिचाही चाही वृष रहेछ । २०४२ सालमा घरनजिकैको श्रीखण्डपुर मा.वि., कक्षा १ मा भर्ना भएर शिक्षारम्म गर्नुभएकी थापाले सोहि स्कुलवाट २०५३ सालमा एस एल सी उतीर्ण गरेको पाइयो।

हिङ्ग नभएपनि हिङ्ग वाधेको टालो भनिएजस्तै राष्ट्रिय स्तरको नेता नभएपनि स्थानीय समाजसेवीको रुपमा परिचित वुवाको नाम र आमाको कठिन परिश्रमका कारण अम्विकाको वाल्यजीवन सुखमय वितेको रहेछ । एस एल सी परिक्षा दिएसंगै सिलाईवुनाई र वुट्टाभर्ने शिप सिकेर र गाँउघरका आमा,दिदी बहिनि हरुलाई प्रौढ शिक्षा समेत पढाएकी र गाँउघरका दिदी बहिनीहरुलाई अफ्ठ्यारो पर्दा उचित रायसल्लाह दिएर सहयोग पुराउदै भविष्यको रेखाकोर्ने जमर्को गर्नुभएकी अम्विकाले २०५६ साल भाद्रवाट काठमाडौं विश्वविद्यालयको केन्द्रीय कार्यालय, टेफिोन अपे्रटरको रुपमा काम शुरु भएछ।

वि.स.२०६३ बैशाख २९ गते भक्तपुरको पलासे निवासी जनक खड्कासंग मागि विवाह भएकी थापाले घर र अफिसको कामका अतिरिक्त काभे्र वहुमुखी क्याम्पस बनेपावाट २०६५ सालमा वि.कम उतीर्ण गर्न सफल हुनुभएछ ।
तनमन वचन र कर्मले तोकिएका जिम्वेवारी पुरा गरेकै कारण सेवारम्भ गरेको १८ महिनामै स्थायी सेवामा प्रवेश गरेकी थापाले टेलिफोन अपे्रटरको रुपमा १० वर्ष र २०६७ सालवाट वि.स.२०७७ सम्म रजिष्ट्रार तथा उपकुलपतिको कार्यालय, कार्यालय सहायकको रुपमा सेवारत हुनुहु न्छ।

तपाइले विश्वविद्यालयवाट २० वर्षको सेवा अवधिमा के पाउनु भयो भनेर सोधिएको प्रश्नमा ः कामगरेपछी पारिश्रमिक पाउनु त स्वभाविकै हो त्यसको अतिरिक्त मुख्यताया राम्रो संस्थागत संस्कार अन्तराष्ट्रिय स्तरमा कहलिएका व्यत्तित्वहरु संग काम गर्ने अवसर र विभिन्न संघसंस्थाका प्रमुखहरुसंगको चिनाजानी तथा कार्यगत सम्वन्ध वढाउँन पाएकोमा थापालाई गौरब लागेको पाइयो । नियमित, मासिक वा वार्षिक रुपमा तोकेरै कुनै वालवालिका वा संघसंस्थालाई सहयोग नगरेता पनि थापाले खानलाउन नपाएका, सडकमा वास भएकालाई एकल तथा साथिहरुसंग मिलेर वेलावेलामा खाद्यान्न तथा कपडा र कम्वल वाडेर सामाजिम कार्य गरेको पाइयो । २०७२ सालको भुक्पमा समेत थापाले ४÷५ जना साथीसंग मिलेर पाँचखाल खरेलथोक काभे्रका ३०÷३२ घरका दनुवारलाई राहत वितरण गरिएको रहेछ।

खानेमुखलाई जुगाले छेक्दैन अनि विवाह गर्न उमेरले रोक्दैन भनिएझैं अफिसको जिम्वेवारी सफलता पुर्वक वहन गर्दै २ जना छोराछोरीकी आमा सासुसुराकी एक्ली वुहारी भएरपनि ४१ वर्षको उमेरमा एम वि एस , अन्तिम वर्षको परिक्षा तयारीमा जुट्न जोकोहिले प्रयाशनै गर्देन । आफ्ना आमा वुवाको अतिरिक्त धुलिखेलका नगरपिता बेलप्रसाद श्रेष्ठ र छिमेकी यज्ञप्रसाद थपलियालाई आफ्नो प्रेरणाका स्रोत मान्ने थापाले काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति डा. सुरेशराज शर्मा सहित डा.रामकण्ठ माकजु श्रेष्ठ, रजिष्ट्रारहरू डा. भद्रमान तुलाधर, भोला थापा र सुवोध शर्मासंग २ देखि ६ वर्षसम्म असिष्टेण्ट बनेर काम गरेको अनुभव छ।

वि.स.२०६२ सालमा भारतको व्याङ्गलोर, पटना, जगन्नाथपुरी, रामेश्वरम, चेन्नाई पुटपर्ती, मिनाक्षी, कर्णाटक आदि सहरको तिर्थाटन गरेकी थापालाई २०७४ सालमा अफिसवाट १५ दिने चिनको ग्वांजाव, वेइजिङ्ग, सिजाजोन,गे्रटवाल सहित हानवान विश्वविद्यालय र कन्फ्युसियसको जन्मस्थान घुम्ने, हेर्ने मौका मिलेको रहेछ । स्कुल एवं कलेजमा अध्ययनरत रहँदा विभिन्न खेलकुद, दौड प्रतियोगिता, कविता तथा वतृत्वकलामा भाग लिएकी थापाले वि.स.२०६० सालमा शिक्षा मन्त्रालयवाट समेत शिक्षा पुरस्कार प्राप्त गरेको पाइयो।

सहकुल ढकाल र लक्ष्मी पोखे्रललाई टेलिफोन अपे्रटिङ्ग सम्वन्धि, सुप्रिया जोशि, निर्मला अधिकारीलाई सेके्रटेरियल तथा सरु मानन्धर लगाइतलाई कार्यालय व्यवस्थापन एवं पत्राचार सम्वन्धिको काम सिकाएकी थापालाई विश्वविद्यालयकै उपकुलपति, डा.रामकण्ठ माकजू, डा.भद्रमान तुलाधर, भोला थापा, हेमराज काफ्ले र महेन्द्रकुमार निरौलावाट काम गर्ने तौरतरिकाहरु सिक्ने अवसर मिलेछ । संघर्षमय उकाली ओलीको यात्रालाई जीबन ठानेकी थापाले आफ्ना वुवाको स्वार्गारोहण भएको दिनलाई दुःख र विश्वविद्यालयमा जागिर खान थालेको पहिलो दिनलाई सुखको दिन ठानेको पाइयो ।
उज्यालकोमा पुग्नु छ भने अध्याराको यात्रा तय गर्नुपर्छ भनिएजस्तै टेलिफोन अपे्रटरजस्तो ड्युटी समयमा १÷२ मिनेट पनि कार्यस्थान छाड्न नमिल्ने, आजकालको जस्तो मोवायल वा इमेल नभएको समयमा देश तथा विदेशका सयौं व्यत्तिहरुसंग भाका र भाषा मिलाएर कुरागर्ने अम्विकाको वोलीवचन र कार्यशैली प्रशंसनीय रहेको थियो र अहिले पनि उत्तिकै छ भनेर उपकुलपतिको कार्यालयमा ३ वर्ष र २०७४ वाट स्कुल अफ आर्टसको असिष्टेण्ट प्रोफेसर पदमा अध्यापनरत सुदर्शन दाहालले वताउनु भएको छ।

माझिले खोला तारेका यात्री २÷४ वर्षमा त्यहिवाटो फर्कदा कत्तिले विर्सेलान त कत्तिले सम्झेर वोलाउँलान त्यो यात्रीमा भर पर्नेकुरा भएजस्तै सिलौटो र लोहोराको विचमा पिसिएर मिचिएर उपभोत्ताको लागि स्वादिष्ट अचार वा मसला बनिएजस्तै कार्यालय प्रमुख र आगन्तुक विचको सेतुका रुपमा रहने सेके्रटरीको कामकाज र चार्टर एकाउण्टेण्टको अध्ययन उस्तैउस्तै हुन भन्दा फरक नपर्ला । आफ्नो अनुरोध र प्रयासवाट हालसम्म विभिन्न तह र निकायमा ५÷७ जनालाई छात्रवृत्ति र २÷४ जनालाई पुर्ण तथा आंशिक रोजगारीको पहल गर्नुभएकी थापाले ४÷५ पटक रक्तान गर्नुभएको रहेछ ।
निश्कर्षमा के भन्न सकिन्छ भने कुनैपनि मानिसले दत्तचित्तले लागिप–र्यो भने जस्तासुकै कठिन कार्य पनि गर्न सक्छ । बुवाआमा मैले पालेको छु भनेर वा पाल्नुपरो भनेर टाढिने वा जीउनी ताक्ने अहिलेको जमानामा विवाह अगाडी आफ्ना २ जना भाई र १ वहिनीको शिक्षादिक्षा आर्जनका लागि यथेष्ट लागनी र रोजगारको पहलमा समेत काध थापेका कारण अहिले आफ्ना भाइवहिनीहरु शिक्षा, स्वास्त्थ्य र इन्जिनियरिङ्गका क्षेत्रमा अव्वल बनेको देख्नपाउँदा थापाको मन गौरवान्वित हुदोरहेछे । हात्ति र हात्तिछाप चप्पल उस्तैउस्तै हुन भनिएपनि यथार्थमा उस्तै हुदैनन । जङ्गलको सिंहलाई खोरमा थुन्छु भन्न जति सजिलो छ त्यसलाई समात्न वा उशको उदेश्य वमोजम आवश्यक्ता पुरागर्दै राम र रावण अनि मानव कथित दानवविचको समन्वय गराउँन जोकोहिको भाति पुग्दैन । व्यक्ति ठुलो पदले होइन कर्मले वन्दछ भन्ने उक्तीको नमुना अम्विका थापाको आँट र कार्यशैलीवाट हामिले धेरै कुराहरु सिक्नुपर्ने देखिन्छ ।

जीवनको विश्वविद्यालयका कर्मयोगी तेजबहादुर पुरी

– दामोदर घिमिरे

कुनैपनि समाजमा विविध जात, धर्म, भाषा संस्कृति र रहनसहन भएजस्तै सो समाज संचालनको लागि वहुसंख्यक सज्जन र केही दुर्जन व्यक्तिहरू हुने गर्दछन्। आजका कुशल विद्यार्थीहरू भोलिका दक्ष डाक्टर, प्राध्यापक र व्यवसायी हुने भए जस्तै आफू लगायत आफ्नो समाजको आवश्यकता पूरा गर्न सानो उद्यम वा व्यवसाय गरेर बसेको व्यत्तिको पहिचान नेताको तुलनामा कम देखिएला, तर यथार्थमा महत्वपूर्ण अर्थ राख्दछ। कोरिया, जापान चीन अहिलेको अवस्थामा पुग्नुमा त्यस देशका नेता र जनता इमानदार अनि परिश्रमी भएकैले हो। कुनै पनि देशको भौगोलिक वनावट, त्यहॉ उत्पादन हुने वस्तु तथा बोलिने भाषाले त्यस क्षेत्रको प्रतिनिधित्व गर्दछ। जुनसुकै जनावर र पंछिका बच्चालाई जन्मने बित्तिकै हिड्न वा उड्न सिकाउ‘नु पर्दैन, तर तिनले ऑट र प्रयास भने गर्नै पर्दछ। दृढ विश्वास र प्रतिवद्व भएर लागि परेमा जस्तोसुकै कठिन कार्यहरू पनि सम्पन्न हुने अर्थात् सामाजिक र राष्ट्रिय भावमा समर्पित भएर गरिएका जुनसुकै कामले सफलता पाएको इतिहास यत्रतत्र छ। यस लेखमा आफूलाई सुम्पिएका प्रशासनिकदेखि परीक्षा संचालनको कार्यमा पोख्त तेजबहादुर पुरीका बारेमा चर्चा गर्न लागिएको छ।

२०३२ असार ६ गते पिता भोजराज र माता दोलमाया पुरीको कोखबाट रामेछाप जिल्लाको साविक सुनारपानी –१ मा जन्मिएका तेजबहादुरका १ भाई र ५ दिदीबहिनी छन्। घरबाट ४५ मिनेटको दुरीमा रहेको श्री भैरवी नि.मा.वि.बाट ६ वर्षको उमेरमा शिक्षारम्भ गरेका पुरी २०४७ सम्म उक्त स्कुलमा अध्ययन गरेपश्चात २०४८ सालबाट १ घण्टा टाढाको श्री महेन्द्रोदय मा. वि. मन्थलीमा भर्ना भई अध्ययन पश्चात २०५० सालमा एस एल सी को परीक्षामा अनुतिर्ण भएसंगै किम्कर्तव्य विमुढ भएर २०५१ भाद्रमा पहिलो पटक काठमाडौं आए।

‘खाने मुखलाई जुँगाले छेक्दैन, अनि विवाह गर्न जात र उमेरले रोक्दैन’ भनिएझैं कामको खोजीमा काठमाडौं छिरेका पुरी ३ महिनापछि डा.सुरेन्द्रराज काफ्ले मार्फत् काठमाडौं विश्वविद्यालयको केन्द्रीय कार्यालय, लाजिम्पाट काठमाडौंमा २०५१ कार्तिक ३ बाट कार्यालय सहयोगीको रूपमा प्रवेश गरी २०५५ मंसिर १ गते स्थायी भए।  सामान्यतयाः  कुनैपनि कर्मचारीको एक स्थानबाट अर्को स्थानमा सरुवा हुन्छ तर पुरीले काम शुरू गरेको ३ महिनामै काठमाडौं विश्वविद्यालयको केन्द्रीय कार्यालय धुलिखेलमा सरैसंगै उनको पनि स्वतः कार्यस्थान धुलिखेल हुनपुग्यो। पहाडको केटो कामकाजमा जेठो भनिएझैं सेवा प्रवेशसंगै अफिसमा आइपरेका जुनसुकै काम गर्ने आदत भएकैले होला उनले कुनैपनि कामलाई सानो वा भरेभोलि नभनी सम्पन्न गर्ने क्रममा काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति डा.सुरेशराज शर्मा, रजिष्ट्रार डा.सीताराम अधिकारी, स्कुल अफ इन्जिनियरिङ्गका निर्देशक सुरेशकुमार पुडासैनीको मातहतमा रहेर काम गर्ने मौका मिल्यो ।

आर्मी पुलिशमा जस्तै शुरूमा तल्लो तहका सहकर्मीसंग तालिम कार्य सिकेका व्यक्ति नै २-४ महिनादेखि १-२ वर्षमा आफ्नो विभागीय प्रमुख भएको ३-४ वटा परिवेश खेपेका पुरीको कार्यक्षमता वा कार्यदक्षता उच्च अनि प्रशंसनीय रहेको सोहि विश्वविद्यालयमा वि.इ. देखि अध्ययन गरेर हाल प्रोफेसर भएका डा. विवेक बरालले वताउनु भएको छ।   २०५३ सालदेखि २०७० सालसम्म स्कुल अफ इन्जिनियरिङ्गको प्रशासनमा रहेर काम गर्दा सो संकायका प्रथम डीन वि.एल अनन्तरामु, डा.भद्रमान तुलाधर, प्रो. दिनेश चापागाई, डा. भोला थापाको अविभावकत्व पाएका पुरीले सोही समयमा सो स्कुलको प्रशासकका रूपमा प्रकाशचन्द्र खड्का,  गोपिकृष्ण प्रसाई , यशु न्हसिजु , सुरेन्द्र के.सी. लगाएतलाई ४ देखि ११ महिनासम्म काम सिकाउँने मौका मिलेछ।

सरकारी काम कहिले जाला घाम भन्ने उत्तिको विपरित तोकिएका काम सदैब दत्तचित्तले पूरा गर्ने तेजबहादुरलाई जीवन के हो भनेर सोधिएको प्रश्नमा सुख र दुःखको नाटकीय काहानीलाई जीवन ठान्ने पुरीले बिना उतारचढाव बाँकी जीवन बिताउन पाइयोस भन्ने कामना राखेका छन्। अध्ययनमा अब्बल विद्यार्थीको मिलनसार साथी कमजोर विद्यार्थी नहुने भएजस्तै स्कुल अफ इन्जिनियरिङ्गमा प्रशासन तथा परीक्षा संचालन सम्वन्धी १७ वर्ष काम गर्दा सिकेको सिप र विश्वासनीयताकै कारण हुनसक्छ २०७० सालबाट विश्वविद्यालयको प.नि.का.मा कार्यरत पुरीको कार्यशैली, गोप्यता र सहनशीलता व्याचलर उतीर्ण गरी ५-७ वर्ष काम गरेका शाखा अधिकृतको भन्दा कम छैन।

२०६८ सालमा बुबाको स्वर्गारोहण हुँदा साह्रैनै दुःख लागेको बताउने पुरी आफ्नो जागीर स्थायी हुँदा आफूभन्दा पनि धेरै आफ्ना बुबा खुशी हुनु भएको  दिनलाई सुखको क्षण मानेका छन्।

कुनै पनि निकायले संचालन गर्ने परीक्षा, डेस्क-डेस्कमा रोल न. लेखेर टास्ने पुरानो पद्धति भन्दा हृवाइटबोर्ड वा ढोकामै परीक्षार्थीको सीट प्लान टाँसगरी सोही बमोजिम ५०० परीक्षार्थी हुँदा स्कुल अफ साइन्स र इन्जिनियरिङ्गमा वार्षिक ४ पटक हुने आन्तरिक तथा अन्तिम परीक्षा, पुरीकै पहलमा २०५५ सालमा शुरू गरेको पद्धति हालसम्म निरन्तर रहेकोमा आफूलाई गर्ब लागेको कुरा यस स्तम्भकारसंगको भेटमा व्यक्त भएको थियो।धुलिखेल हाता, स्कुल अफ इन्जिनियरिङ्गको पहिलो दशकमा कार्यरत रहँदाका फ्याकल्टी एवं सहकर्मीहरु भूपेन्द्रविमल क्षेत्री, आनन्दराज खनाल, प्रियराज चालिसे, मदन कार्की, राजेश शर्मा, नर्वेजियन नागरिक काई वेद्रिङ्गदाश सहित रमेश बजगाई, केशव खड्का लगायत सवैलाई सम्झँदा पुरीको मन प्रफुल्लित हुन्छ।

सरसफाई गर्ने दिदीवहिनी दाजुभाईदेखि विश्वविद्यालयमा अध्यापन गर्ने अधिकांश प्रोफेसरहरूले उनलाई नामले भन्दापनि थरबाटै चिन्ने, बोलाउने गरेसँगै गोर्खालीको पहिचान खुकुरी र अढाई दशकसम्म एकै पदमा कार्यरत पुरीको कार्यकौशलता भनौं वा इमान्दारीपन अतुलनीय देखिन्छ। स्कुल अफ इन्जिनियरिङ्गको प्रशासनमा ३ वर्ष सहित काठमाडौं विश्वविद्यालयमा १३ वर्ष कामगरी वि.स.२०६६ श्रावणबाट पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रशासकका रूपमा कार्यरत प्रकाशचन्द्र खड्कालाई  तेजवहादुर पुरी कस्तो व्यक्ति हुन भनेर मिति २०७७ भाद्र १ गते फोनमा सोधिएको प्रश्नमा  उनी तोकिएको जिम्वेवारी समयमै र दक्षतापूर्ण तरिकाले सम्पन्न गर्ने, राम्रो अक्षर लेख्ने, सधै हँसमुख रहने, विद्यार्थी, शिक्षक र सहकर्मीसँग सद्भावपूर्ण व्यवहार गर्ने, परीक्षाको सिटप्लानमा पोख्त अनि पत्रलेखनको व्यहोरा अति राम्रो भएका कर्मयोगी हुन् भन्नुभएको छ ।

निश्कर्षमा भन्नु पर्दा गाउँघरमा हुर्केर दुःख कष्ट खेप्दै मुठ्ठीबाट मानो र मानोवाट पाथीको शैलीमा आफ्नो कार्यशैलीमा निख्खरपन ल्याउने तेजबहादुर हाम्रा प्रेरणाका स्रोत हुन्। काम गर्नलाई प्रमाणपत्र नै चाहिन्छ वा अमुक पदनै ओगट्नु पर्छ अथवा पद ठूलो कि इच्छाशत्ति ठूलो भन्ने कुरा छलफलका विषय हुन्। व्याचलर वा मास्टर्स पास गरेरपनि निबेदन, मेमो लेख्न वा मागफारम, भौचर भर्न नआउने तर स्थानीय वा जातीय ध्वाँस दिनुको सट्टा सिप, परिश्रम र इमान्दारीताको कदर गर्दै तेजबहादुर पुरीले जस्तै आफ्नै देशमा रहेर तन, मन, बचन र कर्मले तोकिएका जिम्वेवारी पूरा गर्दै निःस्वार्थ भावले आफू आवद्व संस्था वा व्यवसाय समाज अनि राष्ट्रको सेवामा सबैले जुट्नु पर्दछ।

[लेखक काठमाडौँ विश्वविद्यालय केन्द्रीय प्रशासनका कर्मचारी हुनुहुन्छ।]

स्वास्थ्य चिन्ताले हैरान पार्न सक्छ

– माधव प्र. खतिवडा

महेश (नाम परिवर्तन) लाई १५ वर्ष अघि भााँचिएको दाहिने खुट्टा दुखेको जस्तो लाग्न थाल्यो । नभन्दै त्यही खुट्टाको पैतालामा खिल निस्क्यो र दुखाइ झन् असह्य भयो। दर्द कम गर्न पेनकिलर समेत खानु पर्न थालेपछि उनलाई क्यान्सर भएको शंका लाग्न थाल्यो।  हुँदा हुँदा उनी राती निदाउन छोडे। घरका परिवारले सम्पूर्ण शरीरको जाँच गर्न दिएको सल्लाहले उनलाई झन् तर्सायो किनकि जाँचगर्दा ल्याव रिपोर्टले उनका महत्वपूर्ण अङ्ग एउटै पनि काम नलाग्ने गरी बिग्रिसकेको देखाउँछ भन्ने शंकाले उनको भोक निन्द्रा गायब भएको थियो। बाँच्ने दिन धेरै छैनन् भन्ने विश्वासले गर्दा उनले काममा लत्तो छोड्दै जान थालेका थिए। एकदिन परिवारका सदस्यहरुले उनलाई जवर्जस्ती अस्पताल पुर्‍याए। जाँच गर्दा उनका सम्पूर्ण अङ्ग स्वस्थ्य रहेको पाइयो । महेशलाई तत्काल मरिहाल्छु भन्ने लाग्न छोडे पनि कतै ल्याव रिपोर्ट अर्काकोसँग साट्टियो कि भन्ने शंकाले अझै छोडेको छैन।  आफूलाई डरलाग्दो रोग लागेको छ भनी विनाकारण तड्पिने महेश स्वास्थ्य चिन्ता (हेल्थ एन्जाइटी) बाट पिडित व्यक्ति हुन्। यस्तो समस्याबाट पिडित मानिसहरुको सङ्ख्या अहिले विश्वव्यापीरूपमा नै बढिरहेको छ।

स्वास्थ्य चिन्ताबाट सताइएका अधिकांश मानिसहरू आफूभित्र एड्स वा क्यान्सर रोग छिप्पिइसकेको छ भन्ने आशंकाबाट पिडित हुन्छन्। प्रायजसो क्यान्सर रोगको स्याहार सुसार गर्ने आफन्तहरूमा कतै आफूलाई पनि त्यही रोगले गाँज्न त थालेको छैन भन्ने विश्वास मजवुत हुँदै जान्छ। यसको साथसाथै रोगहरूको बारेमा वारम्वार पढ्ने र सुन्नेहरूमा पनि पढे सुनेका रोग आफूमा नै भएको भान हुन थाल्छ र गर्दा गर्दै शंका बानीमा  बदलिन बेर लाग्दैन। इम्पोरियल कलेजका प्राध्यापक टाइरेरका अनुसार पछिल्लो समयमा इन्टरनेटको बढ्दो प्रयोगले पनि यो रोगलाई चर्काउँदै लगेकोछ। मानिसहरू विराम लाग्नासाथ इन्टरनेटमा रोगका लक्षण र उपचार बारेमा खोज्न थाल्छन्।  नेटमा चाहिनेभन्दा पनि नचाहिने कुराहरू बढी हुन्छन्। हेल्पलाइन च्यारिटी अफ एन्जाइटी युकेका ओलिन भन्छन् “तपाँइले कम्प्युटरमा खोकी मात्र भनेर टाइप गर्नु भयो भने पनि एच आई भी एड्सदेखि क्यान्सर सम्मको फेहरिस्त देखा पर्छ जसले मान्छेलाई थप चिन्तित बनाउँछ ।”

डाक्टर,साथीभाइ या आफन्तबाट पटक पटक आश्वसान खोज्नु यो रोग लागेका मान्छेको अर्को विशेषता हो। तर केवल फोस्रो आश्वसानले कुनै काम गर्दैन। ओलिन भन्छन्, “मान्छेहरू आफ्नो मस्तिष्कमा एैजेरु पलायो भन्ने चिन्ताले  त्रस्त हुन्छन्।” उनीहरू अस्पताल गएर टाउकाको स्क्यानिङ  जाँच गर्दिन अनुरोध गर्छन्। जाँच गरेर डाक्टरले तपाँइको मस्तिष्कमा एैजेरु सैंजेरु केही पनि छैन भने पनि उनीहरूलाई कतै स्क्यानिङ गर्ने मेशिन नै बिग्रेको पो थियो कि? एैजेरु सानो भएर डाक्टरले नै देख्न पो सकेन कि ? रिपोर्ट जाँच गर्दा डाक्टरले देख्नै पो छुटायो कि भन्ने तर्कनाले पिरोलिइरहन्छन्। उनीहरू बारम्बार फोन गर्छन र मलाई कतै क्यान्सर त भइहालेको छैन नि हगि ? भन्दै आश्वसान खोज्छन्।  ओलिन थप प्रष्ट पार्छन्,  “हामीलाई थाहा छ आश्वसानले काम गर्ने केही समय मात्र हो। पुनः चिन्ताले गाँज्न बेरै लाग्दैन।”

पहिला पहिला हाइपोकोन्ड्रीया भनेर चिनिने स्वास्थ्य चिन्ताको आम समस्यालाई गभ्भीरतापूर्वक नलिई  ठट्टा मजाकको विषय बनाउनु पनि हो। अरुले जिस्क्याए पनि, उडाए पनि पिडित व्यक्तिको मनमा मन्द मन्द मडारिने चिन्ताले उसलाई भित्र भित्र खोक्रो बनाइरहेको हुन्छ। मरिहाल्छु भन्ने तर्कनाले जीवनका राम–रमिता खुशीयाली फिका तुल्याउनाले पिडित व्यक्तिको जीवन नारकिय बन्न थाल्छ।

त्यसै गरी गार्डियन पत्रिकाको एक लेखमा लेखिका एमाईन स्यानर मार्कको भनाई उल्लेख गर्दै लेख्छिन्,  “स्वास्थ्य चिन्ताले सताएपछि जीवन त्रासदीपूर्ण बन्छ। मृत्यु आफ्नै सङघारमा पिङ्ग खेलिरहेको देखेपछि अरु कुरा सोच्नै सकिन्न। काम दाम र सामाजिक सम्वन्ध  चौपट् बन्छ।”  टाइरेरका अनुसार संसारभरि १% मानिसहरू यो रोगबाट पीडित छन् भने केवल १०% ले मात्र उपचार पाएका छन्। पीडित हुनेको सङ्ख्या सालिन्ने वढ्दोछ ।

अध्ययनहरूले देखाए अनुसार संज्ञानात्मक व्यवहारिक थेरापी यो रोगको उपचारमा लाभदायी हुन सक्छ। यस उपचार पद्धतिले मान्छेको सोचाइको शैली रुपान्तरण मार्फत व्यवहार परिवर्तन  गर्ने लक्ष्य राख्ने हुनाले स्वास्थ्य चिन्ताको उपचारमा यो विधि अचुक हुनसक्छ। यस पद्धति अन्तर्गत टाउको दुखाइलाई मष्तिस्कमा ऐंजेरु पलाएर हो भनी ठान्ने मान्छेहरूलाई त्यसदिन विहान टाउको दुख्दै उठ्नेहरूको सङख्या कति होला भनी कल्पना गर्न लगाइन्छ।  उनीहरूले  जलविनियोज,रुघा, माइग्रेन, थकान, अत्याधिक रक्सी या कफी सेवनजस्ता टाउको दुखाइका सम्भाव्य कारणहरूलाई वृत्त चित्रमा उतार्छन्।  चित्रले मष्तिस्कमा ऐंजेरु पलाएर टाउको दुख्ने मान्छेहरूको प्रतिशत नगण्य देखाउँछ। यसरी चिन्ताको समस्या भएका मान्छेहरूले  प्रत्येक लक्षणको निदान घातक नै हुन्छ भन्ने होइन रहेछ भन्ने स्वयम् महशुश गर्दै जान्छन् र बिस्तारै यस समस्यालाई हेर्ने ढङ्गमा परिवर्तन आउन सक्छ।

तर प्राय मानिसहरू यस्तो लक्षण एक मनोवैज्ञानिक समस्याको उपज हो भन्ने कुरा मान्न तयार नहुने हुनाले मनोचिकित्सक या मनोपरामर्शकर्ता कहाँ जाने कु्रा ठाडै अस्वीकार गर्छन्। उनीहरू आफू पिडित भइरहेको समस्या मनोवैज्ञानिक नभई शारीरिक हो भन्ने कुरामा विश्वस्त हुन्छन्। त्यसकारण स्वास्थ्य चिन्ताको उपचारमा समस्यालाई समाधान गर्ने संज्ञानात्मक र व्यवहारिक सहयोगको तालिम पाएका स्वास्थ्यकर्मी र मनोपरामर्शकर्ताको भूमिका अब्बल हुनसक्छ।  प्राध्यापक टाइरेरका अनुसार संज्ञानात्मक व्यवहारिक थेरापीपछि आफ्नो जीवन  कसरी कायापलट भयो भनी सबिस्तार पत्र लेख्ने विरामीहरु थुप्रै छन्।  हृदयाघात हुन्छ  भनी एक वर्षसम्म घरबाट बाहिर ननिस्कने मानिसहरू छुट्टी मनाउन गएका छन्।

त्यसैले मान्छेलाई भित्र भित्रै सिध्याउने स्वास्थ्य चिन्तालाई कम नआँकी र रेला ठट्टाको विषय नबनाई समयमै उचित ध्यान दिनुपर्छ। यदि संज्ञानात्मक व्यवहारिक मनोविमर्शका लागि आवश्यक जनशक्ति र  दक्षता  बढाउन सके अस्पतालमा हुने अनावश्यक जाँच पड्ताल र भर्नाको खर्चलाई न्यूनीकरण गर्न सकिने थियो र महेश र ऊजस्ता कैयौं मानिसहरूको जीवन थप नारकिय बन्नबाट बँच्ने थियो ।

 

                                                                            (लेखक काठमाण्डौ विश्वविद्यालयमा मनोपरामर्शकर्ता हुनुहुन्छ)

अजीबको जीव मान्छे


मुकुन्दप्रसाद उपाध्याय
हामी सबैले प्राथमिक शिक्षा आर्जन गर्ने क्रममा के पढ्यौँ भने मानिस सामाजिक प्राणी हो, अर्थात् मान्छे समाजमा वा मान्छेको भीडमा रमाउने प्राणी हो, अनि घरपरिवार, इष्टमित्र, टोलछिमेक नै उसको वैचारिक धरातल हो। पछि आएर मात्र थाहा भयो यथार्थमा समाज मान्छेको वैचारिक धरातल होइन रहेछ। त्यो त उसको रक्षाकवच मात्र पो रहेछ। मान्छेलाई जङ्गली जीवजन्तुहरूबाट बच्न, बाढीपहिरो र आगजनी आदि प्राकृतिक प्रकोपबाट सुरक्षित रहन, रोगव्याधिसँग जुध्न अनि चोर, डाकु, लुटेरा आदिको भयबाट बच्नका लागि मान्छेलाई मान्छे चाहिने रहेछ । मान्छे मान्छेका लागि त्यसभन्दा बढी होइन रहेछ । जब यी विविध भय र डरत्रासबाट राज्य वा सरकारले मान्छेलाई प्रत्याभूति दिन थाल्छ, तब ऊ एक्लो जीवन जिउन पनि समर्थ हुन्छ। उत्कृष्ट राज्यव्यवस्था अन्तर्गतको युरोपीय र अमेरिकी जीवनशैली यसैको उदाहरण हो। 
जब मान्छे प्रौढ हुन्छ, दुनियाँदारी देख्छ, चौरासी हन्डर खाएर परिपक्व हुन्छ, अनि उसले मान्छेको वास्तविक स्वरूप चिन्दछ, अनि तिनको आवश्यकता र औचित्यबारे घोत्लन बाध्य हुन्छ । त्यस अवस्थामा हामी स्पष्टसँग भन्न सक्तछौँ मान्छे जबसम्म सिर्फ मान्छेमै सीमित रहन्छ, तबसम्म मात्र हामी मान्छेलाई मान्छे चाहिने रहेछ । जब हामी आम मान्छेबाट अलिकति माथि उठ्छौँ, जब मान्छे मात्र नभएर मानव कहलाउँछौँ, तब हामीलाई के लाग्न थाल्छ भने यस सृष्टिमा सबैभन्दा खराब, सबैभन्दा निकृष्ट र सङ्गत गर्न अयोग्य जन्तु नै मान्छे रहेछ । धोका, फरेब, जालझेल, तिकडम, बेइमानी, दुराचार, भ्रष्टाचार, कृतघ्नता, यी सबै चरित्र, गुण र विशेषताहरू भएको प्राणी त मान्छे मात्रै रहेछ । मान्छेबाहेक अन्य कुनै पनि जीवजन्तुहरूमा त यी दुर्गुणहरू हुँदै हुँदा रहेनछन् । मान्छेजस्तो चुत्थो, मतलबी र स्वार्थी जीव यस ब्रह्माण्डमै अर्को रहेनछ । त्यसैले त आम मान्छेभन्दा अलिकति माथि उठेका सन्त, महात्मा, सिद्धपुरुष र फकिरहरू मान्छेको भीडबाट छुट्टिएर एक्लै बस्न चाहन्छन्, मान्छेको कोलाहलबाट भाग्न चाहन्छन्, अनि घना जङ्गलबीच हिमालय क्षेत्रमा र पहाडका गुफाकन्दराहरूमा बस्न रुचाउँछन् । मान्छेको कृत्रिम लोलोपोतोका बीचबाट भागेर बरू हिंसक जङ्गली जीवजन्तुहरूसँग नै बस्न रुचाउँछन्।  त्यसैले होला सायद पश्चिममा पनि प्रौढ र परिपक्व मान्छेहरू मान्छेसँग नबसी घरमा कुकुर, बिरालो, बाँदर आदि पालेर एक्लै बस्न रुचाउँछन् । समाजमा र घरपरिवारमा बस्नुभन्दा चिडियाखाना, म्युजियम र आर्टग्यालरीमा बस्न रुचाउँछन् । उनीहरू नातिनातिनाको भ्रामक तोतेबोलीबीच आफूलाई अभ्यस्त पार्नुभन्दा एकान्तमा भ्वाइलिन र गितारको मधुर धुनबीच बस्न रुचाउँछन् ।
मान्छे भनिने यी जन्तुहरू पनि अजीवका छन् । विश्वका आश्चर्यजनक चमत्कार र आविष्कारका जनक पनि मान्छेहरू नै हुन् । मोटर, रेल, पानीजहाज र हवाइजहाज बनाउने पनि मान्छेहरू नै हुन् । प्राणघातक रोगव्याधिका विरुद्ध खोप, औषधि र सर्जिकल यन्त्रउपकरण बनाउने पनि मान्छेहरू नै हुन् । रङ्गीचङ्गी र सफासुग्घर सहरहरू बसाउने पनि मान्छेहरू नै हुन् । अनि यस प्रकृतिलाई बिगारेर तहसनहस पार्ने, प्रकृतिप्रदत्त हावा ग्रहण गर्न नमिल्ने, प्रकृतिप्रदत्त जल सेवन गर्न नमिल्ने गरी प्रदूषित बनाइदिने कामका जनक पनि मान्छेहरू नै हुन् । मान्छेलाई पेट भर्न आवश्यक पर्ने अन्नबाली उमार्नका लागि खेती गर्न सिकाउने पनि मान्छेहरू नै हुन् भने विशाक्त खाद्य र विषाक्त रसायनले युक्त तरकारी र फलफूल उमार्ने पनि मान्छेहरू नै हुन् । भगवान् शिव, राम र कृष्णलाई समेत गाली गर्ने र आरोपित गर्नेहरू मान्छे नै हुन्। गुरु नानकलाई जेल हाल्ने पनि मान्छेहरू नै हुन् । ग्यासच्याम्बर बनाउने पनि मान्छेहरू नै हुन्। अनि महात्मा गान्धीलाई गोली ठोक्ने पनि मान्छे नै हो। त्यसैले त भनिन्छ, एउटा नर नरपिशाच पनि बन्न सक्तछ अनि त्यही नर नारायण पनि बन्न सक्तछ। 
नेपालको सन्दर्भमा पनि आजका हरेक नेपालीलाई विश्वमानचित्रबीच नेपालीको पहिचान दिने राष्ट्रनिर्माता पृथ्वीनारायण शाहलाई मरणोपरान्त उनको सालिक भत्काउने पनि मान्छेहरू नै हुन् अनि पछिल्लो दस वर्षको सशस्त्र सङ्घर्ष (जनयुद्ध) बीच मारिने निरपराध जीव पनि मान्छेहरू नै हुन् र मार्ने हिंसक जीव पनि मान्छेहरू नै हुन् । विधिको शासनको बखान वा वकालत गरेर कहिल्यै नथाक्ने अनि न्यायालयको फैसलाचाहिँ नमान्ने पनि मान्छेहरू नै हुन् । नेपालको सन्दर्भमा यस्ता उदाहरणहरू मात्र प्रस्तुत गर्ने हो भने पनि महाभारतभन्दा ठूलो महाकाव्य नै बन्नेछ ।
हाम्रा वैदिक साहित्य वेद, उपनिषद् र पुराणहरूले मान्छेबाट मुमुक्षुसम्म भएका साधकहरूलाई के निर्देश गर्छन् भने एकान्तप्रिय बन, मौन बस, चाहिनेभन्दा धेरै नबोल, अपरिग्रही बन अर्थात् आवश्यकताभन्दा बढी पदार्थको सङ्ग्रह नगर आदि। श्रीमद्भगवद्गीताले पनि भक्तहरूका लागि अनि ज्ञानी र योगीहरूका लागि त्यस्तै उपदेश दिएको छ । अर्थात् सारांशमा एक साधकले, एक भक्तले अनि एक मुमुक्षुले आम मानिसहरूबाट पृथक् बस्न तिनीहरूले निर्देश गरेको पाइन्छ । आम मानिस संसारी हुने र विषयी पनि हुने भएकाले तिनीहरूबाट अलग बस्न, निर्लिप्त भएर बस्न भनिएको छ । बाध्यतावश बस्नै परेछ भने पनि हिलोका बीच कमलपुष्पझैँ भई बस्न भनिएको छ । 
संसारी मानिसहरू प्रायः परिग्रही हुन्छन्, अर्थात् पदार्थहरू सङ्ग्रह गरेर राख्छन्। ती यावत् वस्तुहरू मानिसहरू किन सङ्ग्रह गर्छन् भने आफ्नो वरिपरिका मान्छेहरूका लागि तिनीहरू काम लागुन् । ती मान्छेहरू भनेका छोराछोरी, नातिनातिना, साथीसँगाती आदि हुन्छन् । व्यक्तिगत आवश्यकता बढाउँदै लगेर सङ्ग्रह गर्नु पनि अरू मान्छेहरूलाई देखाउनका लागि मात्रै हो । मान्छेलाई चौबीस घन्टामा एक अँजुली खाद्य पदार्थ भए पुग्छ, पेय पदार्थमा शुद्ध जल भए पुग्छ । आङ ढाक्न एकसरो कपडा भए हुन्छ । सुत्नका लागि ३ देखि ६ फिटे खाट पनि चाहिँदैन, धर्तीको न्यानो काख पर्याप्त हुन्छ । जमिन कति चाहिन्छ भने अन्त्यमा ६ फिट जमिन भए जलाउन पुगिहाल्छ । त्यति जमिन किन्नुपर्दैन । तर आफूलाई सुकुम्वासी भनेर गर्व गर्ने मान्छे होस् वा पीर गर्ने मान्छे, ती सबैजना आफ्नो आवश्यकता बढाएर परिग्रही बनेका हुन्छन् । शास्त्र भन्छ तृष्णाको कुनै सीमा छैन । त्यसका खातिर सङ्ग्रह गर्नु नै दुःखको कारण हो । यस अर्थमा पनि मान्छेको दुःखको कारण र दुःखको स्रोत पनि मान्छे नै हुँदा रहेछन् ।
हामी निर्धक्कसँग के भन्न सक्छौँ भने हामी मान्छेको महान् शत्रु मान्छे नै हो, मान्छेदेखि बाहेक हाम्रो अरू कुनै शत्रु छैन ।

Disciplinary Bias, Interdisciplinary Benignity

Hem Raj Kafle
So many people today — and even professional scientists — seem to me like somebody who has seen thousands of trees but has never seen a forest.                                   – Albert Einstein
 
The less effective our schooling, the more limited our sense of disciplines can become. The more effective the schooling, the more specific our understanding of disciplines becomes. Both cases entail the growth of disciplinary biases. The first involves deprivation as a root of bias such as in a countryside student who ends up doing liberal arts, education or commerce because of ignorance about and inaccessibility to alternatives, or financial inability to cash opportunities. The second suggests abundance  (both of money and awareness) as a root of bias such as in a city-born child who grows through a more organized and entrenched academic route, and can choose technical and professional disciplines like engineering, medicine and other applied sciences for higher studies in a highly developed place, even including foreign institutions. 
And society in general allows the biases to flourish in our attitude towards the relation between intelligence and disciplines. To take a case, there was a time, and partly still is, when passing the tenth grade (SLC) with higher second division or first division marks marked eligibility for science studies. Being in a science college then signified an ‘outstanding’ academic history in the school. And being in other disciplines more or less meant the absence of that history. Then not being in science with that history signified other exceptional conditions: either an indelible intolerance for science, a sudden conversion from brilliance to dullness, or unavoidable domestic obligations for landing elsewhere. That one is not born for everything, or that achievements in school did not necessarily signal potential for multiple talents for later life, or that success in life was the product of manifold experiences in addition to academic achievements, did not really concern people. The subjects in schools were forced upon you as quintessential to your growth envisioned in the general educational policy. The subjects you took in the university were supposed to either compensate certain proficiency impairments, or complement your potential for higher achievements. In both cases, an individual’s realization of the need for pursuing certain disciplines was systematically underestimated. 
The biases have been replete among the academics in universities to the extent of mutual exclusion sometimes, and on other times, the unwillingness to appreciate others’ domains. Becher (1989) describes this condition as follows:
Men of the sociological tribe rarely visit the land of the physicists and have little idea what they do over there. If the sociologists were to step into the building occupied by the English department, they would encounter the cold stares if not the slingshots of the hostile natives … the disciplines exist as separate estates, with distinctive subcultures. (p. 23)
Perhaps Becher’s portrayal of academic biases rings very true about our universities also. We can sometimes ascribe this to a natural condition. For example, when we are limited/focused towards a specific course of study in a university, it seems commonplace to take that other areas of studies would never intersect our lines. We are bound to work within formal disciplinary compartments.  But, such compartmentalization lends itself to narrowing the path of scholarship. According to Lattuca (2001), growth of specializations to the extent of disciplinary biases can “limit growth of inquiries and explanations” and “delimit the way of knowing.” She further portrays such narrowing of scholarship as “the decline of the front porch from which everyone could survey their territory” (p. 1). This implies the absence of a holistic platform from where every other discipline could be viewed as significant for the creation and sustenance of broader worldviews. 
I see, however, that the decline is not finality but a temporary process. As we grow to be professionals disciplines themselves invite us to tread their territories, however shallow or deep the treading could be. Because our intellectual needs and reaches are so diverse these days, we are bound to step beyond our disciplinary compartments. In this line Lattuca (2001) suggests, “Scholars in a specialization may have a disciplinary home, but they often travel elsewhere to work.” Shin exemplifies this with a real story in which a group of scholars in geography traced an imaginary geography in the works of Ernest Hemingway, William Faulkner, Jane Austen, among others, which they did to discuss “the possibility of organizing and constructing an ideal place to live…,” and to understand “how places are related, positively or negatively, to the social and individual life of the people living in it” (“Confessions of an Interdisciplinarian”). This travelling is what forms one of the roots for the formation of interdisciplinarity. 
Shin further asserts, “Interdisciplinarity begins when disciplinarians realize that what they are looking for is not found in their own disciplines (“Confessions”). Interdisciplinarity, however, signifies more than an individual’s realization for the need to explore knowledge in other fields. It suggests, as Moran (2003) puts, “forging connections across the different disciplines…or even attempting to transcend disciplinary boundaries altogether” (p.15). In the most general sense, interdisciplinarity can be taken to mean a form of discourse between plural fields of knowledge. The discourse, signified by the root “discipline” and the prefix “inter”, implies the expansion of precise, rigorous and focused subjects into warm, pleasant and discrete but mutually uplifting fields of scholarship (Frank, 1988). This further presents interdisciplinarity as being transformative to the direction of generating new modes of inquiries. Nissani names such character as “creative breakthrough” where productivity comes from “linking previously unrelated ideas” for a holistic perspective and “unity of knowledge” which can “readily spot a disciplinary slip up” (“Interdisciplinarity”). Interdisciplinarity thus is perceived as a representative location from where to examine multiple worldviews.  
 
Interdisciplinarity emanates from and sustains in genuine collaboration between disciplines and disciplinarians. It does not signal the end of disciplinarity, but emphasizes the widening of disciplinary horizons and mitigating disciplinary biases. The true sense of interdisciplinary lies in the fact that scholars make efforts to know many fields of use, but not that they try to know everything. Similarly, it does not necessarily take to achieve the depth of every other field of value, but to be informed about the intensity of their  value in everyday life. This should entail the awareness and skills to tackle what Nissani calls the “intellectual, social and practical problems” of life through a multi-faceted approach. 
I end this essay with a thoughtful quote about how interdisciplinarity resembles the notion of taking different routes to arrive a single destination:
We all want to make our lives more meaningful tomorrow than they are today. This is our ideal. That ideal can be understood as truth for scientists and as an ideal place for geographers, as a good society for social scientists in general, and as a good life for the people in humanities. Because this ideal is to be achieved in the future, it is open-ended, and it requires the use of intuition and imagination. Again, I want to say that intuition and imagination know no disciplinary boundaries. (Shin, “Confessions”)
Perhaps it is time for us to redefine our scholarly pursuits and preoccupations and to begin to see the world through other  people’s eyes — irrespective of how we have been schooled. Would the world look different then? Or, would it change the way we see ourselves?
References 
  • Becher, T. (1989). Academic tribes and territories: Intellectual enquiry and the cultures of disciplines. Milton Keynes: Open University Press.
  • Frank, R. (1988). ‘Interdisciplinarity’: The first half century. In E.G. Stanley and T.F. Hoad (Eds.), Words: For Robert Burchfield’s sixty-fifth birthday (pp. 91–101). Cambridge: D.S. Brewer.
  • Lattuca, L. R. (2001). Creating interdisciplinarity. Nashville: Vanderbilt University Press.
  • Moran, J. (2002). Interdisciplinarity. New York: Routledge.
  • Nissani, Moti.  Interdisciplinarity: What, where, why? Retrieved October 25, 2005 from http://www.is.wayne.edu/mnissani/2030/ispessay.htm .
  • Shin, Un-chol.  Confessions of an Interdisciplinarian. Retrieved October 25, 2005 from http://www.humanities.eku.edu/interdisciplinarian.htm .

Media houses and training institutions

– Nirmala Mani Adhikary
In view of the acute shortage of adequately trained personnel in mass media, the question of building up human resources must be a priority of media houses. The growth of mass media studies in universities is linked with the development of the media. The development of the mass media and of advanced communications technologies has been to increase the number of media education institutions all over the world. In Nepal also, after the restoration of democracy in 1990, the number of media education institutions has increased. Apart from training institutes, Universities also have started Communication studies.
Mass media studies are fairly recent phenomena, started only at the turn of the twentieth century. In most countries of Africa and Asia mass media studies have been introduced in the last few decades. In teaching and research, the field is still in its early stages of development and the same is the case with Nepal.
Mass media can create the necessary climate of modernization, which includes vital ingredients like innovativeness, achievement motivation and educational and occupational aspirations. There is a positive relation between economic development and mass media, which acts as reflector of the development process in society.
In the process of modernization people consume more goods, which also includes media products. They use more prints, film, and broadcast media. Modern societies, then, are media dependent societies. Their populations make use of the media for achieving their desired goals. Thus the advancement in the field of mass media is necessary for the over all advancement of any country and Nepal is no exception.   
While universities appear to be increasingly involved in communication education they cannot in all cases provide all the practical training that professionals need. Thus various specialized training centers and mass media organization also play an important role. Especially, media houses can provide specific courses of practical, technical and occupational instruction suitably adapted to the circumstances and demands of their work.
While talking about journalism and other mass media professions we should take into account the importance of information and informatics in all branches and sectors of national life, the sensitivity of all societies about news produced and diffused, the rapid development of technology, and increasing demand of specialization. The quality of any system is largely governed by the caliber of those who operate it. The lack of trained manpower is the basic reason for deficiencies observed in the field of mass media in Nepal. It may therefore be considered that higher-level education and training in mass communication profession is of paramount importance. The efforts of only universities and training institutes are not sufficient in this regard. This should also lead to even more extensive and genuine cooperation between media educational institutions and media houses and cooperation between them is equally important. Mass media should no longer be regarded merely as an incidental service and its development left to chance.

[In the print version, the article was published as: Adhikary, Nirmala Mani. (2002, November 1). Media houses and training institutions. The Kathmandu Post, p. 5.]

Global Warming

– Eak Duwadi

Sometimes I wonder how the indigenous people were so wise that they were aware of today’s problem thousands of years back. For example, whatever they used to consume were biodegradable and they always encouraged others to keep soil, water and air pure by claiming them sacred. Modern life is just the opposite so we have been facing several threats. Pertinent one is Global Warming — an increase in the average temperature of the earth’s atmosphere, especially an unrelenting increase sufficient to cause climatic change. It has become the most debated topic presently. Can we solve it?

There was Ice Age when most parts of the earth were covered with ice. Gradually, it got melted forming many seas engulfing many settlements though there were no greenhouse gases which comprise methane, water vapor, carbon dioxide and ozone. Since the Industrial Revolution, the need for energy to run machines has steadily increased. Some energy, like the energy you need to do your homework, comes from the food you eat. But other energy, like the energy that makes cars run and much of the energy used to light and heat our homes, comes from fuels like coal and oil – fossil fuels. Burning these fuels releases greenhouse gases.
All climate changes occurred naturally. However, during the Industrial Revolution, we began altering our climate and environment through agricultural and industrial practices. The Industrial Revolution was a time when people began using machines to make life easier. It started more than 200 years ago and changed the way humans live. Before the Industrial Revolution, human activity released very few gases into the atmosphere, but now through population growth, fossil fuel burning, and deforestation, we are affecting the mixture of gases in the atmosphere.
Global warming may be a big problem, but there are many little things we can do to make a difference. If we try, most of us can do our part to reduce the amount of greenhouse gases that we put into the atmosphere. Many greenhouse gases come from things we do every day. As we have learned, these greenhouse gases trap energy in the atmosphere and make the Earth warmer. Driving a motorbike or using electricity is not wrong. We just have to be smart about it. Some people use less energy by carpooling. For example, four people can ride together in one car instead of driving four cars to work.
Thus, educate yourself, save electricity, bike and bus, and walk, talk to your family and friends, plant trees, recycle, when you buy, buy Cool Stuff and use Solar Energy to lessen the effect. 
These instructions were not uncommon in our country. But when Algore, a former vice president of the USA told us at Bali about it, our eyes are opened even though our obsessions to gadgets and vehicles have not stopped. Thus, it is the time to revive the environment friendly approaches not only to protect ourselves but also to be the world leader as Nepal still has the natural scenery which is rare in the developed countries.

Different Parvas in Nepali History


Eak Prasad Duwadi
Many parvas[1] have occurred in the Nepali History in the last two centuries. They have their own significance (s) for their own times. In this article I have tried to introduce a few incidents related to the Rana Oligarchy. Among these some were the causes for the beginning of the regime, whereas others acted as the boomerang. The incidents I venture to write about are Kotparva (1903 Ashwin 2), Bhandarkhalparva (1903 Kartik 1), Alauparva (1904 Shrawan), 1938 Parva, 1942 Parva, Makai Parva, Library Parva. I have given short descriptions of each hereby.
Dawn of Ranarchy
Kanchhi rani (the second queen) summoned Mathvar Singh Thapa to Nepal and made him the PM to get fulfill her covert intentions. The British were alerted as Thapa was anti-British. East india Company wanted such person in the power who would be very loyal to them. They found Jung Br as such. Mathvar Singh who was Jung Br’s maternal uncle soon became unpopular among all—king, queen, Pandeys and Gagan Singh Khawas. As the result in 1903 B. S. Jetha 2 night, Mathvar Singh Thapa was summoned in the queen’s palace and murdered by Jung Bahadur.
Kanchhi Rani had trust on Jung Br and Gagan Singh, but the king did not trust Jung Br. After the assassination of Mathvar Singh Thapa, Fatte Singh Chautariya was made the PM. But Gagan Singh was made powerful giving him the portfolios of Foreign affairs and public Administration. Gagan Singh was also anti-British Raj. So with the help of overambitious Jung Br. British conspired to finish Gagan Singh. So on Aswin 1, 1903 Lal Jha shot Gagan Singh dead in his pooja room. 
Gagan Singh’s death created tremors in the palace. However, JB could not get the power. The royal couple wanted to get the investigation done on this incident and punish the culprit. For this JB suggested them to gather all courtiers and interrogate them. Neither the queen nor the king understood JB’s vested interest. So in Aswin 2, 1903 night, all courtiers and employees were called in to the Kot. By seeing the plot, the king escaped from the scene. When Abhiman Singh Basnyat tried to escape, he was killed. Then JB’s supporters killed everyone present there. This massacre in the history of Nepal is known as Kotparva. After this, queen Rajyalaxmi made JB the PM. 
Red Carpeting Ranarchy
After becoming the PM, JB and Rajyalaxmi had differences as each of them wanted to usurp power. Her plan was to make her own son the next king; she purposed the same to JB. JB was determined to sideline the queen from his path. The queen understood that JB was never going to execute her plans as he was doing the other way. As the power had shifted to JB after Kotparva, the king and the queen even began to feel insecure. The queen wanted to eliminate her enemy. Therefore, she made a plan for it. Bajir Singh, Gagan Singh’s son himself wanted to take revenge on his father’s murderer/s. he took the responsibility of killing JB. They planned to invite JB in the Bhandarkhal and kill him there. However, as here were JB’s spies inside the palace, he had already acquired the queen’s secret plan. Interestingly, it was the queen’s tactic, but JB took the advantage. JB and his men finished all remaining opponents.
After Bhandarkhal Parva, the queen became very weak. JB blamed the queen for being responsible for all killings in Nepal. Remaining power was transformed to JB. The queen was made go in exile to Kashi. Both the king and the queen fled to Kashi. In this way, JB took all powers and made Surendra the king of Nepal.
Handing all power to Surendra, King Rajendra with his two sons, Ranendra and Birendra left Nepal having felt unsafe here. However, he wanted to return to Kathmandu in 3 month’s time. JB could not stop them because of the possible mutiny in his army and the public support, so he sent one of his cousins, Khadka Br to India as his messenger.
In Kashi the king designed to regain power. Chautariya Guruprasad Shah and Rang Nath Pandey were his advisors. Acooding to the plan the king set out from India. When he arrived at Sugauli, his supporters joined him. With 16000 men he moved towards Alau at Birgunj. Then, Khadga Br reported everything to JB. Leaflets which carried messages to the Nepali Army by the king were seized in Kathmandu. As JB was very clever, he made all army men to take oath from incumbent king Surendra to stop them joining the former king. Humble soldiers did not know JB’s conspiracy. When JB attacked Alau his mission was a success. Many of king Rajendra’s supporters were killed in that attack and the remaining fled. Rajendra was imprisoned and blind-folded in Bhaktapur Durbar. Knowing the king’s design to escape from there, JB transferred him to Hanuman Dhoka where he died in 1938. 
Feuds among Ranas
After the death of king Surendra, 6 year old Prithvi Bikram ascended to the throne. Prince Narendra Bir Bikram Shah plotted against Ranodip, Dhir Shamsher, and his sons by calling them in a feast. As just before 11 hours of the execution of the plan, one of the conspirators, Uttardhowj Khawas (Gagan Singh’s grandson) disclosed the plot to Dhir Shamser. Later several courtiers were perished and Narendra was imprisoned in Chunar jail. Consequently, Dhir Shamsher became more powerful.
Shift of Reign from Bahadurs to Shumshers
An army troop was going to take part in Rawalpindi under the command of Bir Shamsher in 1942. Just one day before going there, Bir Shamsher got his brothers to shoot his uncle Ranodip dead .Then JB’s son Jagat Jung was also killed. Subsequently, Jung family was displaced from the ruling chain. Those who were alive left the country in exile. After this incident, Bir Shamsher’s kinsmen ruled Nepal for 59 years. This incident strengthened the Rana oligarchy.
Convergence against Ranarchy
In 1977 B. S. an employee of Kaushir Adda Krishna Lal Adhikari wrote and published 1000 copies of a book, Makai ko Kheti. In his book he stated, “We prefer the foreign dog to the native, but native dog come more useful than the foreign one”. Chandra Shamsher’s Pundits, Ramhari Adhikari and Bhojraj Kafle blamed Adhikari claiming that it was an irony for then Shree Tin Chandra Shamsher. Then, Krishnalal was arrested in the charge of treachery, and decided for a 9 year imprisonment. However, in case he returned all 1000 copies, the punishment could lessen to 6 year only. He returned 999 but one. Before the time was over, he died in the jail. The duo who interpreted Makai ko Kheti got a reward of Rs. 1000 each.
Tying bells on the Cat’s Neck
 
In Bhim Shamsher’s tenure (1986/87 B. S. ), some charismatic and energetic youths were campaigning for opening a library in Kathmandu. They wanted to bring awareness among Nepalis who were subconscious against Rana oligarchy. However, one of the members, Ramchandra Adhikari disclosed the mission of that campaign. Therefore, those 45 involved youths including Laxmi Prasad Devkota were arrested and charged Rs. 100 each. Out of the sum, half was rewarded Adhikari for his help. This incident is known as Library Parva.
Each parva was the milestone of that time as they were the harbinger of the changes destined to occur. Interestingly, first ones facilitated to Ranarchy in Nepal, but later ones became Damocles’ Sword to those rulers. 
References
Maskey, T. (1999). Nepal Parichaya (9th ed.). Kathmandu: Jara.
 

Shah, S. B. (1978-80). Rana prime ministers and their role of succession. Voice of History , 4 (5), 3.
 

Sharma, D. (1991). Modern Nepal’s History. Kathmandu: Dipak Press.
 

Shrestha, H. (1999). Nepal Parichaya. Kathmandu: M. K.


[1] Key incidents
Share on Social Media